हेर्नुहोस दाङमा हवाई जहाज आउदा यस्तो देखियो ( फोटोफिचर , भिडियो सहित )

पौष २३। दाङ
दाङमा आज देखि विमान सेवा पुन: सुरु भएको छ । टरिगाउँ एयरपोर्टमा २०७२ साल चैत २ गतेपछि विमान सेवा अवरुद्ध भएको थियो । १ वर्ष १० महिनाको अन्तरालमा फेरि विमान सेवा सुरु भएपछि दाङवासी हर्षित भएका छन् ।



 विमान आएको खुसीयाली मनाउन  एयरपोर्टमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । वाजागाजा सहित फूलमालाले पूर्व उपप्रधानमन्त्री महरा लगाए विमानमा आएका सबै जनप्रतिनिधिहरुलाई स्थानीयले भव्य स्वागत गरेका थिए । उनीहरुले विमानको निरन्तरताको लागि जनप्रतिनिधिमहरुलाई भूमिका खेल्न आग्रह पनि गरेका थिए ।



 संभावित ५ नं. प्रदेशको प्रदेश राजधानीको रुपमा हेर्दै आइएको दाङको विकास र सुविधाको लागि नियमित विमान सेवा अपरिहार्य रहेको स्थानीयले बताएका थिए । जवाफमा नेताहरुले अव विमान सेवा नियमित हुनेमा कुनै आशंका नपाल्न आग्रह गरेका थिए ।





















हेर्नुहोस भिडियो

Share on Google Plus

About Frame Nepal

I am Blogger and Photographer.....! Thanks for your visit.
    Comment
    Facebook Comment

0 comments :

Post a Comment